शिव मन्दिर टिकाजा
आँधिखोला गाउँपालिका ६ टिकाजा, स्याङ्जा भुजुङे शिव मन्दिर आँधिखोला गाउँपालिका ६ टिकाजामा अवस्थित भुजुङ्गे शिव जुन बि.सं २०५२ सालमा तत्कालिन वडा अध्यक्ष श्री डोरनाथ ढकाल , सामजिक ब्यक्तित्व श्री याम नारायण ढकाल लगायत समाजका बौद्धिक ब्यक्तिहरुको सकृयतामा र सम्पुर्ण गाँउले दाजुभाइहरुको श्रमदानमा चन्दा संकलन मार्फत निर्माण गरिएको धार्मिक स्थल हो । यश मन्दिर निर्माणमा प्रतक्ष वा अप्रत्यक्ष रुपमा खटिनुहुने सम्पुर्ण अग्रज दिग्ग्ज, बौद्धिक तथा सामजिक ब्यक्तित्वहरु तथा सम्पुर्ण गाउँबासिहरु धन्यवादका पात्र हुनुन्छ । शिव मन्दिर निर्माण सम्पन्न भैसकेपछी शिबको मुर्ती स्थापनको लागि गाउले दाजुभाइ हरु डोकोमा मुर्ती बोकि बृहत् भजन कृतन गर्दै मन्दिरमा मुर्ती स्थापना गरिएको थियो र उक्त मन्दिरको समुद्घाटन आँधिखोला ६ निबासी तत्कालिन कृषि मन्त्री माननीय श्री त्रिलोचन ढकाल बाट भएको थियो । यश मन्दिरमा विभिन्न अवसरमा पुजाआजाका कार्यक्रम, ब्रतबन्ध तथा बैबाहिक कार्यक्रम समेत सम्पन्न हुनेगरेको छ । यो हाम्रो साझा सम्पत्ती पनि हो । हाम्रो गाउँघर, टोल छिमेकमा भएका पुराना धार्मिक स्थल, पाटी पौवा ह...