शिव मन्दिर टिकाजा

 आँधिखोला गाउँपालिका ६ टिकाजा, स्याङ्जा 

भुजुङे शिव मन्दिर 




आँधिखोला गाउँपालिका ६ टिकाजामा अवस्थित भुजुङ्गे शिव जुन बि.सं २०५२ सालमा तत्कालिन वडा अध्यक्ष श्री डोरनाथ ढकाल , सामजिक ब्यक्तित्व श्री याम नारायण ढकाल लगायत समाजका बौद्धिक ब्यक्तिहरुको सकृयतामा र सम्पुर्ण गाँउले दाजुभाइहरुको श्रमदानमा चन्दा संकलन मार्फत निर्माण गरिएको धार्मिक स्थल हो । यश मन्दिर निर्माणमा प्रतक्ष वा अप्रत्यक्ष रुपमा खटिनुहुने सम्पुर्ण अग्रज दिग्ग्ज, बौद्धिक तथा सामजिक ब्यक्तित्वहरु तथा सम्पुर्ण गाउँबासिहरु धन्यवादका पात्र हुनुन्छ । शिव मन्दिर निर्माण सम्पन्न भैसकेपछी शिबको मुर्ती स्थापनको लागि गाउले दाजुभाइ हरु डोकोमा मुर्ती बोकि बृहत् भजन कृतन गर्दै मन्दिरमा मुर्ती स्थापना गरिएको थियो र उक्त मन्दिरको समुद्घाटन आँधिखोला ६ निबासी तत्कालिन कृषि मन्त्री माननीय श्री त्रिलोचन ढकाल बाट भएको थियो । यश मन्दिरमा विभिन्न अवसरमा पुजाआजाका कार्यक्रम, ब्रतबन्ध तथा बैबाहिक कार्यक्रम समेत सम्पन्न हुनेगरेको छ । यो हाम्रो साझा सम्पत्ती पनि हो । हाम्रो गाउँघर, टोल छिमेकमा भएका पुराना धार्मिक स्थल, पाटी पौवा हरु मर्मत सम्भार तथा स्तरोन्नति को अभावमा धेरै ठाउँमा जिर्णोद्दार अवस्थामा रहेका छन । यस्ता धार्मिक तथा साँस्कृतिक सम्पदाहरु बचाउनु हाम्रो दायित्व भित्रै पर्दछ । यी र यस्तै प्रकारका हाम्रा वरिपरि टोल छिमेकमा रहेका मठ मन्दिर, पाटी, पौवा हाम्रा पहिचान हुन, ईतिहास हुन हाम्रा धर्म संस्कृती हुन यिनिहरुले हाम्रो मौलिकता बोकेका हुन्छन यस्ता सम्पदालाइ संरक्षण गर्नु मर्मत गर्नु हामी सबैको कर्तव्य र दायित्व हो । 

यसै अवधारणालाई मध्यनजर गर्दै हामी सम्पुर्ण टिकाजा बासी युवा साथिहरुको नेतृत्वमा यश भुजुङ्गे शिव मन्दिरको थोरै स्वरुप परिवर्तन गर्ने एउटा अभियानमा जुटिरहेका छौ । यश मन्दिरको मर्मत तथा सम्भार, रङरोगन, मन्दिर अगाडि बन्न लागेको दुइटा पिल्लर मात्रै ठढाइएको गेट को पुर्ण निर्माण , मन्दिर वरिपरि चौतर्फी तारबारका साथै मन्दिर हाता भित्र बस्न मिल्ने खालको सिमेन्टेड वा फलामको बेन्ची जस्तै पार्कमा देखिने जस्तो खालको निर्माण कार्यमा जोडिदै छौ । यो अभियानमा जोडिन हामी देश बिदेशमा रहनुभएका टिकाजाबासी गाउँले दाजुभाइहरु तथा दिदिबहिनी हरुमा हार्दिक अपिल गर्दै केही सल्लाह राय सुझाब समेत प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।


बिश्वब्यापी माहामारिको रुपमा फैलिएको Covid-19 को यो विषम परिस्थितिले निम्त्याएको बन्दाबन्दिको अवस्थामा गाँउमा सम्पुर्ण युवा साथिहरुको जमघट तथा भेटघाट हुने अवसर जुट्यो र एक अनौपचारिक छलफल भयो र अन्त्यमा मन्दिरको लागि केही न केही गरौ न भन्ने भावना र मनसायका साथ यो अभियानको सुरुवात भयो । अहिले मन्दिर ब्यबस्थापन समिती नबनिसकेको र हामी यहि बन्दा बन्दीले गर्दा अधिकांश युवा गाउमै भएको र भोलि सहज स्थिती हुने बित्तिकै रोजगारिको शिलशिलामा आ आफ्नो कार्य क्षेत्रमा फर्किनु पर्ने बाध्यतालाइ मध्यनजर गर्दै अहिले लाई मन्दिर ब्यबस्थापन समिती नबन्दा सम्म संकलित रकम हाम्रो चन्डी माइ आमा समुह टिकाजालाइ ह्यान्डवभर गर्नी अनि हामीले एउटा 3D डिजाइन बनाउदै छौ सोही अनुरुप कि मन्दिर ब्यबस्थापन समिती बनायर कि त्यही आमा समूह मार्फत काम गर्नी योजना बनाउदै छौ । 3D डिजाइनका केही तस्बिरहरु यहाँ तल राखिएको छ ।





मन्दिर अगाडि रहेको पोखरिलाइ कम्पाउन्डिङ सहित थप मर्मत सम्भार गरि पोखरिको बिचमा शिबजिको मुर्ती स्थापना गरि त्यस मुर्ती बाट पानिको फोहोरा चारैतिर स्प्रे हुन सक्ने गरि निर्माण गर्ने योजना सहित यो अभियान अगाडि बढेको छ ।
यश अभियान मा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिनुहुने तथा सहयोग गर्नुहुने, फराकिलो मन हुनुभएका सम्पुर्ण गाउँप्रेमी, बिकासप्रेमी परोपकारी मन हरुलाइ हृदय देखिनै हामी हार्दिक नमन गर्दछौ । सहयोको यो क्रम जारी नै रहेको छ र हाल सम्म यो आर्टिकल तयार पार्दा सम्म विभिन्न देश तथा बिदेशमा रहनुभएका गाउँप्रेमी तथा बिकास प्रेमी, सामजिक तथा बौद्दिक ब्यक्तित्वहरुको नामावली यस प्रकार रहेको छ ।
क्र.स.         सहयोगिको नाम थर                  रकम रु.
१              श्री राजु ढकाल                              रु. २५,००५/-
२              श्री चन्द्रकला ढकाल                       रु. २१,१११/-
३              श्री जगत ढकाल                            रु.१०,०५०/-
४              श्री चोलाकन्त ढकाल                      रु .१०,००५/-
५              श्री प्रकाश, नगेन्द्र र विश्व ढकाल       रु. १०,००५/-
६              श्री देउप्रसाद ढकाल                       रु. ५,१०५/-
७              श्री शरद ढकाल                             रु. ५,००५/-
८              श्री अग्नि प्रसाद ढकाल                    रु. ५,००५/-
९              श्री रम्भी लामिछाने                         रु. ५,००५/-
१०           श्री राजु ढकाल                               रु. ३,०५१/-
११           श्री तोय नारायण ढकाल                   रु. २,००५/-
१२           श्री राजेश ढकाल                            रु. २,००५/- 
१३           श्री गंगा बहादुर जि.टि.                     रु. २,००५/
१४           श्री रितेश ढकाल                             रु. २००५/-
१५.         श्री प्रकाश पौडेल                            रु. १,१५०/- 
१६          श्री कृष्ण ढकाल                              रु. १,१११/-

गाउँमै उर्जावान युवा साथिहरुको उपस्तिथि रहने हो र त्यस्तो बतावरण बन्यो भने यस्ता रचनात्मक र सिर्जनशिल कार्यले पक्कै पनि तिब्रता पाउनेछन भन्ने एउटा उदाहरण हो । गाउँ टोल छिमेकमा सधै यस्ता सकारात्मक सोच पलाउने हो भने, उर्जावान युवाहरुको बैचारिक बहसलाई कार्यप्रणालिमा लैजान सक्ने हो भने हामिले खोजेको बिकास र समृद्धि टाढा छैन ।
सार्वजानिक सरोकारका बिशयमा काम गर्दा आम जनताको चासो बिशय रहेने हुदा केही फ्याट्ट फुट्ट अलोचनात्मक प्रतिकृया आउनु स्वभाविक नै हो त्यसलाइ हामी सधै सकारात्मक रुपमै लिन्छौ र यस्लाइ कमि कमजोरी नहोस भनेर गरिएको एउटा सचेत बिबेकशिल नागरिकले गरेको सकारात्मक खबरदारिको रुपमा लिनेछौ र सकेसम्म बुझाउने प्रयत्न गर्नेछौ यो हाम्रो प्रतिबद्धता पनि हो । आगमी दिनमा पनि समाजको सामाजिक बिकास तथा आर्थिक बिकासको लागि यसरी नै सम्पुर्ण युवा जगत एकै ठाउँमा उभिइ प्रभावकारी र महत्वपूर्ण भुमिका निर्बाह गर्ने छौ भन्ने बिश्वास पनि दिलाउन चाहन्छौ ।

टिकाजा युवा परिवार 

Popular posts from this blog

श्री शारदा मन्दिर माध्यमिक बिधालय

हाम्रो टिकाजा