श्री शारदा मन्दिर माध्यमिक बिधालय
श्री शारदा मन्दिर माध्यमिक बिधालय आँधिखोला गाउँपालिका ६ स्याङ्जा श्री शारदा माध्यमिक विधालय आँधिखोला गाउँपालिका वार्ड नं.६ टिकाजा खर्क स्थित अवस्थित रहेको छ । जुन वि.स. २०१७ सालमा स्थापित भएको हो । लामो शैक्षिक इतिहास बोकेको यश बिधालयका संस्थापक स्वर्गीय डिप्टी नारायण ढकाल प्रती हामी सधै ऋणि हुनेछौ । अर्ध शतक पार गरिसकेको यश बिधालय समायानुकुल शैक्षिक गुणस्तर र भौतिक परिवर्तन भने हुन सकेको देखिदैन । शैक्षिक क्षेत्रमा नेपालभर अग्रस्थानमा रहेको स्याङ्जा जिल्लाको सविकको फापरथुम गाबिस हालको आँधिखोला गाउँपालिका अझ झन अग्र स्थानमा रहेको कुरा सर्वबिदितै छ । यति धेरै सम्भावना र लामो इतिहास बोकेको यश शारदा मा वि आजको सुचना र प्रविधिको २१ औँ शताब्दीमा समायानुकुल फड्को मार्न सकेको छैन । आँधिखोला गाउँपालिका ६ टिकाजाको गहनाको रुपमा स्थापित यश बिधालय संचालनको क्रममा थुप्रै संचालक समितिहरुले कार्यभार सम्हालेतापनी यसको शैक्षिक गुण्स्तर , भौतिक संरचना तथा बैज्ञानिक क्षिक्षण सिकाइ विधि भने अबलम्बन अझै हुन सकेको देखिदैन । बिधालयका यस्तै थुप्रै सम्स्याहरुलाइ मध्यनजर गर्दै यसको भैतिक , शैक्षिक अ...