श्री शारदा मन्दिर माध्यमिक बिधालय

श्री शारदा मन्दिर माध्यमिक बिधालय
आँधिखोला गाउँपालिका ६
स्याङ्जा

TikajaTikaja
श्री शारदा माध्यमिक विधालय आँधिखोला गाउँपालिका वार्ड नं.६ टिकाजा खर्क स्थित अवस्थित रहेको छ । जुन वि.स. २०१७ सालमा स्थापित भएको हो । लामो शैक्षिक इतिहास बोकेको यश बिधालयका संस्थापक स्वर्गीय डिप्टी नारायण ढकाल प्रती हामी सधै ऋणि हुनेछौ । अर्ध शतक पार गरिसकेको यश बिधालय समायानुकुल शैक्षिक गुणस्तर र भौतिक परिवर्तन भने हुन सकेको देखिदैन । शैक्षिक क्षेत्रमा नेपालभर अग्रस्थानमा रहेको स्याङ्जा जिल्लाको सविकको फापरथुम गाबिस हालको आँधिखोला गाउँपालिका अझ झन अग्र स्थानमा रहेको कुरा सर्वबिदितै छ । यति धेरै सम्भावना र लामो इतिहास बोकेको यश शारदा मा वि आजको सुचना र प्रविधिको २१ औँ शताब्दीमा समायानुकुल फड्को मार्न सकेको छैन ।
आँधिखोला गाउँपालिका ६ टिकाजाको गहनाको रुपमा स्थापित यश बिधालय संचालनको क्रममा थुप्रै संचालक समितिहरुले कार्यभार सम्हालेतापनी यसको शैक्षिक गुण्स्तर , भौतिक संरचना तथा बैज्ञानिक क्षिक्षण सिकाइ विधि भने अबलम्बन अझै हुन सकेको देखिदैन । बिधालयका यस्तै थुप्रै सम्स्याहरुलाइ मध्यनजर गर्दै यसको भैतिक , शैक्षिक अवस्थालाइ सुधार गर्न हालै यसै बिधालयलाइ आँधिखोला गाउँपालिको प्रत्यक्ष सहयोगमा यश गाउँपालिकाकै नमुना बिधालयको रुपमा बिकास गर्ने योजना अनुरुप कार्य अगाडि बढिरहेको छ ।




TikajaTikaja


हाल यश बिधालयमा ४ कोठाको पक्की भवनको निर्माण कार्य तिब्र गतिमा अगाडि बढिरहेको छ । नमुना बिधालयको रुपमा अगाडि बढिरहेको यश श्री शारदा मा बि लाई शुलभ उर्जा तथा उर्जाको पर्याप्त उपलब्ध  गराउने उदेश्यले सोलार प्यानल जडान गर्ने कार्य सम्पन्न भैसकेको छ ।सोलारको मद्दतले बिधालयका सम्पुर्ण कक्षा कोठामा बिजुली बत्तिका साथै computer, projector जस्ता बिधुतिय उपकरणहरु सहजै संचालन गर्न सकिनेछ । यश कार्यक्रमका लागि आँधिखोला गाउँपालिकाको बिशेश सहयोग प्रती हामि सम्पुर्ण टिकाजा गाउँबासी हार्दिक आभार एवं कृतज्ञता व्यक्त्त गर्न चाहान्छ ।
Tikaja


यस श्री शारदा मन्दिर मा.वि विद्यालयलाई नमुना विद्यालय बनाउने योजनालाई सार्थकता दिन नजिकबाट निहालिरहनु भएका,सधै माया गर्नुहुने एवम यस विद्यालयलाई नमुना विद्यालय
बनाउन बिशेष सहयोग गर्नु भएका आँधीखोला गाउँपालिका अध्यक्ष
Sudhir Paudyal ज्युले विशेष पहलमा गाउँ पलिकाबाट विद्यालय लाइ नमुना
बनाउन का लागि रु ५,००,०००/ (पाँचलाख )बजेट बिनियोजन गर्नुभएकोमा
उहाँलाई सम्पूर्ण बिधालय परिवार तथा टिकाजा गाउँबासी  विशेष धन्यवाद टक्राउदै साथै आगमी
दिनहरुमा पनि यस्तै सहयोग अपेक्षा गरेका छौ



Popular posts from this blog

शिव मन्दिर टिकाजा

हाम्रो टिकाजा